थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
९ हजार ६२८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १२२३ जना र एन्टिजेन विधिबाट ५७८ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा थप १६६७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख ३२ हजार ७४ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४.७ प्रतिशत रहेको छ ।
देशभर २२ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ५६१ जना आईसीयूमा छन् भने १६५ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै, कोभिड–१९ को संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा ९ हजार ५५० जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ को मृत्यु दर १.५ प्रतिशत रहेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस