जनकपुर–जयनगर रेल्वे ट्र्याकको सफल परीक्षण
जनकपुर । जनकपुर–जयनगर रेल्वे ट्र्याकको आइतबार सफल परीक्षण गरिएको छ ।
भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर दुरीमा प्रतिघण्टा एक सय १५ किलोमिटर प्रतिघण्टाको गतिमा रेल सञ्चालन गरेको र परीक्षण सफल भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । चालक दलका लागि नयाँ ट्र्याक भएकोले जयनगरबाट आउँदा ६० किलोमिटर प्रतिघण्टा र फर्कदा एक सय १५ किलोमिटर प्रतिघण्टामा फर्किएको उनले बताए। ट्र्याक परीक्षणको काम भारतकै भएकोले परीक्षणका लागि उतैबाट रेल ल्याएर फर्काएको उनले बताए।
भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा रेल्वे लिकको स्पीड र सर्टिफिकेशन गरिएको हो । महाप्रबन्धक भट्टराईले ट्र्याकको स्थितिबारे परीक्षण गरेको र भारतीय पक्षले रेल सञ्चालन गर्नका लागि ट्र्याक सुरक्षित रहेको प्रमाणित गरेपछि सरकारसँगको समन्यवमा रेल सञ्चालनको मिति तय हुने बताए। उनले रेल सञ्चालनका लागि कम्पनी तयारी अवस्थामा रहेको पनि बताए ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्गमा यसअघि असोज २ गते दुई सेट डेमो ट्रेन जनकपुरसम्म ल्याइएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस