• जीवनशैली | Jiwanshaili
  • पाकिस्तानमा ट्रक र बस ठोक्किंदा ३० जनाको मृत्यु


    एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा बस र ट्रक एक आपसमा ठोक्किंदा ३० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४० जना घाइते भएका छन् ।

    दुर्घटनामा मृत्यु भएका अधिकांश श्रमिक छन् । बस सियाल्कोटबाट राजनपुरका लागि प्रस्थान गरेको थियो । इद–उल–अजहा मनाउन बिदामा घर फर्किन लागेका श्रमिक चढेको बस राजमार्गको तौन्सा बाइपास नजिक सोमबार बिहान ट्रकसँग जुध्न पुगेको हो ।

    एक स्थानीय पत्रकारले बीबीसीलाई जनाए अनुसार ४६ सिट संख्याको उक्त बसमा ७५ जना सवार रहेको र तिमध्ये १५ जना छतमा बसेको थिए । दुर्घटनास्थल लाहोरबाट करिब ४ सय ३० किलोमिटरको दूरीमा रहेको छ ।

    दुर्घटना लगत्तै घाइतेलाई नजिकको अस्पतालमा पु¥याइएकोमा १८ जनालाई तत्कालै मृत घोषित गरिएको थियो ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस