• जीवनशैली | Jiwanshaili
  • माइक्रोसफ्टमा साइबर आक्रमणको आरोप निराधार रहेको चीनको स्पष्टोक्ति


    काठमाडौं । माइक्रोसफ्ट कम्पनीमा साइबर आक्रमण गरेको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको चीनले बताएको छ ।

    बेलायत, अमेरिका र युरोपेली युनियनले माइक्रोसफ्टको सर्भरमाथि आक्रमण गरेर चीनले ३० हजारभन्दा बढी संस्थाको विवरण चोरी गरेको आरोप लगाएपछि चीनले त्यसको प्रतिवाद गरेको हो । चीनको संयुक्त सुरक्षा मन्त्रालयले विश्वको स्थिरता र सुरक्षालाई प्रभावित पार्ने गरी पश्चिममा देशले आरोप लगाएको बताएको छ ।

    पश्चिमा देशहरूले चीनमाथि एकै पटक धेरै संस्थामा आक्रमण गरेर व्यक्तिगत विवरण र बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाएका छन् । चीनले यसअघि लगाइँदै आएका साइबर आक्रमणका आरोपलाई पनि कडाइका साथ अस्वीकार गर्दै आएको छ । अमेरिका, बेलायत र युरोपियन युनियनले चिनियाँ रक्षा मन्त्रालयले समेत जासुसी गर्दै आएको आरोप लगाएका छन् । यो आरोपपछि चीन र पश्चिमा देशबीच तनाव बढ्न सक्ने सङ्केत देखिएको छ ।
    चीनले सबै प्रकारका साइबर अपराधको विरुद्धमा आफू दृढ रहेको बताउँदै आएको छ ।


    क्याटेगोरी : प्रविधी शैली, समाचार

    प्रतिक्रिया दिनुहोस