भारतमा थप ३० हजार ९३ नयाँ सङ्क्रमित
भारतमा कोरोनाभाइरसबाट नयाँ ३० हजार ९३ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । सोमबार भएको सङ्क्रमितको यो संख्या गएको १२५ दिनमा सब भन्दा कम भएको बताइएको छ । भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख ७४ हजार भन्दा बढी पुगेको छ ।
भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख ६ हजार १३० रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ३७४ जनाको मृत्यु भएको पनि मन्त्रालयले मंगलबार जानकारी दिएको छ । कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख १४ हजार ४८२ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ४५ हजार २५४ कोरोना मुक्त भएपछि भारतमा तीन करोड ३ लाख ५३ हजार ७१० व्यक्ति कोरोना मुक्त भएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ७३ लाख ४१ हजार १३३ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १७ लाख ९२ हजार ३३६ जनाको स्वाब परीक्षण जुलाई १९ का दिन भएको छ ।
त्यसैगरी गत जनवरी १६ बाट भारतमा कोरोना भाइरस विरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४१ करोड १८ लाख ४६ हजार ४०१ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस