• जीवनशैली | Jiwanshaili
  • थप ३१०८ जनामा कोरोना संक्रमण पुष्टि, १५९५ जना संक्रमणमुक्त


    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    सोही अवधिमा २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १५९५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० हजार ६६४ जना पुगेको छ भने पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ७० हजार ९५३ पुगेको छ ।

    यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त हुँदा ९ हजार ६०७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस