• जीवनशैली | Jiwanshaili
  • कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने


    काठमाडौं । कोरोनाका कारणले रोकिएको कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ।

    बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो। बोर्डका उपनियन्त्रक सुवास पन्तले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए। बोर्डले परीक्षा भौतिक उपस्थितिमै गराउन तयारी सुरु गरेको छ।

    कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन अनुमति दिएपछि भौतिक उपस्थितिमै परीक्षा गर्न लागिएको हो। अब मन्त्रिपरिषदले निर्णय गरेपछि परीक्षा भौतिक उपस्थितिमै सञ्चालन हुने बोर्डले जनाएको छ।

    बोर्डले परीक्षा सञ्चालन गर्न सुरक्षा प्रोटोकलसहितको कार्यविधि तयार गरिरहेको छ। संक्रमणको दर कम भएसँगै भौतिक रुपमै परीक्षा सञ्चालन गर्न लागिएको हो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस