• जीवनशैली | Jiwanshaili
  • लिम्बू भाषाका अन्वेषक फाइवलीको कोरोनाबाट मृत्यु


    लिम्बू भाषाका अन्वेषक, नवल फाइवली (नरबहादुर लिम्बू)को कोडिभ–१९को सङ्क्रमणबाट आज मृत्यु भएको छ ।

    अर्जुनधारा नगरपालिका–७ मा बस्दै आउनुभएको ८१ वर्षीय साहित्यकार फाइवलीलाई स्वास्थ्यमा समस्या देखिएपछि विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका लागि सोमबार भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको आज मृत्यु भएको हो ।

    उनले किरात धर्म, संस्कृतिका बारेमा मात्र एक दर्जन बढी कृति प्रकाशित गर्नुभएको पत्रकार दिपीन राईले बताए । जसमध्ये आधा दर्जन कृति उनले किरात लिपी मै लेखेको उनको भनाइ छ । किरात साहित्य प्रतिष्ठानका पूर्वउपकूलपति फाइवलीका श्रीमती भीमकुमार राई, तीन छोरा र सात छोरी  छन्। उनको आजै किरात धर्म संस्कारअनुसार अन्त्येष्टि गरिनेछ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस