गरिबलाई दान दिँदै मनाइने इद पर्व
इस्लाम धर्मावलम्बीकोे महान चाड बकरीद (ईद उल अजहा) बुधबार मनाइँदै छ ।
करीद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् ।
धार्मिक मान्यताअनुसार अल्लाका नवी(दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग(जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यतालाई अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको पाइएको छ
मुस्लिम समुदायले वर्षमा दुईवटा पर्व विशेष महत्त्वका साथ मनाउँछन् ।
एउटा ईदुल फित्र र अर्को बकर ईद । पहिलो पर्व ईदुल फित्र अरबी पात्रोको नवौँ महिना रमजानका बेला २९ वा ३० दिन रोजा राखेको खुसियालीमा मनाइन्छ । दोस्रो पर्व भने अद्वितीय कुरबानी बलिदानको सम्झना हो, जो आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्नो पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका थिए ।
इस्लामीकहरू संसारभरी नै एकै किसिमले मनाउने यो चाड नेपालमा वसोवास गर्ने मुसलमानहरूले पनि हर्ष–उल्लासका साथ मनाउँछन् । बकर–इद नामले पुकारिने मुसलमानहरूले हिजरि सम्वत् अनुसार उदर्भ (मे महिना आसपास) महिनाको ३० सम्म मनाइने प्रमुख चाड हो ।
यस चाडमा एक महिनासम्म सुर्य नअस्ताउन्जेल पूर्ण उपवास (व्रत) बस्ने र अर्को महिनाको प्रथम दिनको चन्द्रमा दर्शन गरेपछि मात्र खाना खाने चलन छ । इदलाई मुसलमानले नव वर्षको शुभकामना स्वरूप इद मुवारकको आदान–प्रदान गरेर समेत बढाइँ गर्छन् ।
यसरी मनाइन्छ ईद ईदको दिन बिहानै मुसलमानहरू स्नान गर्छन् । आफ्नो आयआर्जन अनुसार राम्राराम्रा नयाँ कपडा लगाउँछन् । रमजानको ईदमा नमाजका लागि जानुअगाडि सम्पूर्ण मानिस एउटा निर्धारित सद्काएफित्र (धर्मादान) लाई निकालेर गरीब, असहाय तथा मदरसाहरूलाई दिन्छन् । नेपालमा प्रत्येक व्यक्तिलाई ५५ रुपैयाँ दिने सद्काफित्र निर्धारण गरिएको छ ।
आफ्नो महान् चाडमा गरीबहरू पनि सहभागी हुन सकुन भनेर धनी मानिसहरूले आफ्नो संचित धनको २ देखि ५ प्रतिशत हिस्सा गरिबहरूलाई फित्रा(दान) गर्नु पर्ने नियम छ । पर्वको मुख्य दिन बिहान केही घाम लागेपछि सबै मानिस घरबाट निस्किन्छन् जसले गर्दा मुसलमानहरूको एकता बाहुल्य र शानको प्रदर्शन हुन्छ । त्यसपछि अल्लाहसँग प्रार्थना गर्न सबै एकत्रित हुन्छन् ।
यस सामूहिक खुसीमा सबै मुस्लिमहरू सरिक होऊन् भन्ने विचार गरिएको हुन्छ । ईदको बेला पढिने नमाज भने मस्जिदबाट अलग्गै रहेको टाढाको खुला मैदान (जसलाई इदगाह भनिन्छ) मा पढिन्छ । नमाजका लागि जाँदा सबै मुसलमान यो तक्विर (जप) पढ्दै हिंड्छन् ।
अल्लाहु अक्बर, अल्लाहु अक्बर, लाईलाह इल्लल्लाहु वल्लाहु, अक्बर अल्लाह अक्बर वलिल्लाहिल् हम्दू अर्थात्, अल्लाह सबैभन्दा महान् छन्, उनका अतिरिक्त पूज्य कोही छैन, अल्लाह सबैभन्दा महान छन् भन्ने हुन्छ । हरेक गल्ली, बजार एवं सडकहरूमा यही नारा लगाइन्छ ।
ईदगाहको मैदानमा जब सबै मानिस नमाज पढ्नका लागि एकत्रित हुन्छन् तब पंक्तिबद्ध भई एकाग्रतासाथ दुई रकअत नमाज पढ्छन् । नमाजबाट फर्किएको दिनमा सामथ्र्यवान मुसलमान कुरबानी गर्छन् । यो कुरबानीमा एउटा ऐतिहासिक घटना पनि जोडिएको छ ।
हजरत इब्राहिमले अल्लाहको सङ्केत पाउँदा आफ्नो छोरालाई ईश्वरको नाममा समर्पणका लागि तयार भएका थिए । त्यही समयमा अल्लाहको कृपाबाट छोराको बदलामा भेडाको कुरबानी गर्ने स्वीकृति भएको थियो । यो कुरबानी गर्नुको अर्थ मुसलमानहरू त्यसै भावनालाई ताजा गर्दछन् जो हजरत इब्राहिमले अल्लाहसमक्ष समर्पण गरेका थिए ।
कुरबानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरको लागि हो भन्ने भावना जागृत गराउनु हो । यस नियतको प्रस्तुतीकरण जनावरलाई जिब्ह (हलाल गर्ने) गर्दा यी शब्दहरूबाट हुन्छ । ईद चाड सकिएको अढाई महिनापछि जिहहिला महिनाको १० तारिखका दिन बक्रइद भन्ने अर्को चाड मनाउँदछ्न् ।
यस चाडमा मुसलमानहरुले राँगा, बोका गाई काट्छन् (नेपालमा चाँही गोबध निषेध भएकोले गाई काट्ने गर्दैनन्) त्यो मासुलाई तिन भागमा लगाई एक भाग आफुले खान्छ्न् । दोश्रो भाग नाता कुटुम्ब र छरछिमेकलाई बाँडिदिन्छन् र तेस्रो भाग चाँही गरिबहरूलाई दान गर्छन् । जनावरको छाला बिक्रीबाट जम्मा भएको रकम गरीबहरूलाई बाँड्ने चलन रहेको छ । यो वर्ष कोरोना महामारीका कारण नेपालमा रहेका मस्जिदहरू सुनसान बनेका छन् । मौलानाहरूले पनि घरबाटै ईश्वरको आराधना गरी ईद मनाउन अपिल गरेका छन् ।
क्याटेगोरी : चाडपर्व विशेष, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस