लागूऔषध ओसारपसार आरोपमा १५१ पक्राउ, ९९ मुद्दा दर्ता
आर्थिक वर्ष २०७७/७८ मा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा मकवानपुरमा १५१ जना पक्राउ परेका छन् । तीमध्ये १३९ नेपाली पुरुष, नौ नेपाली महिला र तीन भारतीय पुरुष छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार असार महिनामा ३६, चैतमा २२, जेठमा १५, पुसमा १४, फागुनमा १३ र कात्तिकमा १० जना पक्राउ परेका र सो अभियोगमा ९९ वटा मुद्दा दर्ता गरिएकोे थियो ।
एक वर्षभित्र एक हजार ७९० किलो गाँजा, साढे २३ किलो चरेस, १४ ग्राम खैरो हिरोइन र १४ किलो ७५० ग्राम अफिम बरामद गरिएको प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
त्यसैगरी सात हजार ३४७ ट्याब्लेट नाइट्रोभेट, ३०९ ट्याब्लेट डाइजेपाम, २९९ ट्याब्लेट फेनारगन र ३०७ ट्याब्लेट नोर्फिन बरामद गरिएको उहाँले बताउनुभयो । प्रहरीले २९६ बोतल कोरेक्ससमेत बरामद गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस