कोरोना विरूद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति बेइजिङ जाँदै
काठमाडौं । कोरोना भाइरसविरूद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ जाने भएको छ।
एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले १० लाख डोज खोप लिन जहाज राति ११ बजे बेइजिङ जाने जानकारी दिए। उनले खोप लिएर जहाज भोलि बिहान नेपाल आइपुग्ने बताए । लगत्तै अर्को १० लाख डोज खोप लिन भोलि साँझ नै जहाज बेइजिङ जाने पौडेलले जनाए । त्यसपछि पनि जहाज शनिबार फेरि अर्को १० लाख डोज खोप लिन बेइजिङ जाने तालिका छ ।
सरकारले चीनबाट ४० लाख डोज खोप खरिद गरेको हो। यसअघि नै एयरलाइन्सले ८ लाख डोज खोप ल्याएको थियो । सरकारले चीनबाट ल्याएका खोप अहिले नागरिकलाई लगाइरहेको छ। अब आउने खोप भने कसलाई लगाउनेबारे टुंगो भने भइसकेको छैन।
यद्यपि सरकारले अब कम उमेर समूहमा खोप लगाउँदै जाने जनाएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस