बुधबार कोभिडबाट ३० जनाको मृत्यु, २८ सय संक्रमित थपिए
पछिल्लो २४ घण्टामा मुलुकमा २८३८ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२ हजार ६१ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
बुधबार थप ३० जनाको मृत्यु पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४७५ जना निको भएका छन् ।
काठमाडौं उपत्यकामा ६९७ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा मात्र ४९० जनामा संक्रमण पुष्टि भएको छ ।
आज संक्रमण दर २२ प्रतिशत छ । सबैभन्दा बढी संक्रमण दर सुदूरपश्चिममा ४८।२ प्रतिशत, कर्णालीमा ४६ प्रतिशत, गण्डकीमा ३२ र प्रदेश १ मा ३१ प्रतिशत संक्रमण दर छ ।
आजसम्म मुलुकमा २६ हजार ८३२ जना सक्रिय संक्रमित छन् । १२ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले साउन लागेसँगै संक्रमितको संख्यामा पनि वृद्धि भएको जनाए ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस