• जीवनशैली | Jiwanshaili
  • एडीबीले कोरोना खोप खरिदका लागि नेपाललाई १९ अर्ब ६५ करोड ऋण दिने


    काठमाडौं । बहुपक्षीय ऋणदाता एशियाली विकास ब्यांक एडीबीले कोरोनाभाइरसविरुद्धको खोप खरीद गर्न नेपाललाई १६५ मिलियन अमेरिकी डलर करीब रू १९ अर्ब ६५ करोड ऋण दिने भएको छ।

    बिहीबार नेपालको ऋण सम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको ब्यांकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ब्यांकको ऋणले एक करोड ५९ डोज खोप खरीद गर्न पुग्ने अनुमान छ। यसले करीब ६८ लाख नागरिकलाई महामारीबाट बचाउन सहयोग पुग्ने र खोपको राष्ट्रिय अभियानमा सघाउन पुर्‍याउने उद्देश्य छ ।

    एडीबीले डिसेम्बर २०२० मा सार्वजनिक गरेको नौ अर्ब डलरको एशिया प्यासिफिक खोप पहुँच सुविधा कार्यक्रम अन्तर्गत नेपाललाई ऋण दिन लागेको हो। एशिया प्यासिफिक क्षेत्रका देशमा खोपको पहुँच पुर्‍याउने यो कार्यक्रम अघि सारिएको एडीबीले जनाएको छ।

    नेपालले अहिलेसम्म भारतको सेरम इन्स्टिच्यूटसँग २० लाख डोज र चीनको सिनोफार्मसँग ४० लाख डोज खोप खरीदका लागि सम्झौता गरेको छ। सरकारी अधिकारीहरूले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने बताउँदै आएका छन् ।

     


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस