वनबासा पुलमा आवागमन बन्द
महाकाली नदीमा पानीको बहाव बढे पनि पश्चिमीनाका गड्डाचौकीबाट नेपाल–भारत आवागमन आज बिहानसम्म रोकिएको छैन । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले नदीमा पानीको बहाव एक लाख ४० हजार क्युसेक नाघेको बताए ।
उहाँले दिएको जानकारी अनुसार महाकालीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि पुलमा हिँडडुल गर्न जोखिम हुने भन्दै भारतीय पक्षले चार पाङ्ग्रे सवारीसाधनलाई रोक लगाउँदै आएको छ ।
पुलबाट यात्रुलाई पैदल यात्रामा भने कुनै रोकटोक नरहेको गुरुङले जानकारी दिनुभयो । यहाँबाट दैनिक चार सयदेखि पाँच सय नेपाली रोजगारीका लागि भारत गइरहेको प्रहरीले जनाएको छ । “केही दिनयताबाट भारतीय पक्षले पिसिआर परीक्षण रिपोर्टबिना नै भारत जान दिइरहेको छ”, उनले भने, “सीमामा भारतीय सुरक्षाकर्मीले रोजगारीका लागि जानेको नागरिकता, आधारकार्डलगायतका कागजात भने हेर्ने गर्छन ।”
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस