• जीवनशैली | Jiwanshaili
  • थप दुई हजार सात सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि, २४ जनाको मृत्यु


    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार सात सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    नौ हजार एक सय २२ जनाको पीसीआर परीक्षण गर्दा एक हजार आठ सय ५५ जनामा र तीन हजार सात सय सात जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ५९ गरी दुई हजार सात सय १४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    २४ घन्टामा नमुना परीक्षण गरिएकामध्ये २१ दशमलव १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । नेपालमा अहिलेसम्म सात लाख २७ हजार एक सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै थप एक हजार दुई सय ८८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३७ हजार ६ सय ९० पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रिमतको सङ्ख्या २७ हजार तीन सय ७५ रहेको छ ।

    यस्तै थप २४ जनाको मृत्यु भएको विवरण प्राप्त भएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६ सय ६१ जना पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस