• जीवनशैली | Jiwanshaili
  • यी स्थानमा भारी वर्षाको सम्भावना


    आज २०७८ साउन ८ गते शुक्रबार मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ ।

    हाल देशभर सामान्य देखि पुर्ण बदली रहि प्रदेश १,प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

    यस्तै शुक्रबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    प्रदेश १, लुम्बिनि तथा बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    शुक्रबार राती देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कर्णालि र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस