• जीवनशैली | Jiwanshaili
  • तीन सय बढीको कोरोनाका कारण मृत्यु


    जिल्लामा कोरोना सङ्क्रमणका कारण ३१८ को मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार बिहीबारसम्म कोरोनाका कारण सो सङ्ख्यामा मृत्यु भएको हो ।

    कार्यालयले मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका धेरै रहेका जनाएको छ । महानगरपालिकाभित्र २०२ व्यक्तिको मृत्यु भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार खैरहनी नगरपालिकाका २१, माडी नगरपालिकाका ११, रत्ननगर नगरपालिकाका ३२, राप्ती नगरपालिकाका २९ र कालिका नगरपालिकाका २० व्यक्ति छन् । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा कोरोना सङ्क्रमणले तीन व्यक्तिको मृत्यु भएको छ ।

    यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा र होमआइसोलेसनमा रहेको समयमा उनीहरुको मृत्यु भएको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार नजिक पुगेको छ । हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ८७७ पुगेको उनले जानकारी दिए । त्यसमध्ये १६ हजार ८४५ ले सङ्क्रमणमुक्त भइसकेका छन् ।

    अहिले एक हजार ७१४ जना सक्रिय सङ्क्रमित रहेको उनले बताए । त्यसमध्ये सार्वजनिक आइसोलेसनमा १०, अस्पतालमा ११२ र होमआइसोलेसनमा एक हजार ५९२ व्यक्ति रहेका छन् ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस