थप दुई हजार नौ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि, १८ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार नौ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
१३ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार नौ सय ८२ जना र तीन हजार ६ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय ९५ जना गरी दुई हजार नौ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कुल परीक्षणको १७ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ३० हजार एक सय ४६ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार ६ सय ७८ जना निको भएसँगै निको हुनेको सङ्ख्या ६ लाख ३९ हजार तीन सय ६८ पुगेको छ ।
यस्तै थप १८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६ सय ७९ पुगेको छ । अहिले नेपालमा २७ हजार ६ सय ६१ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ६ सय ८२ जनाको आईसीयू र एक सय ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस