चीनबाट थप ८ लाख डोज भेरोसेल खोप आइपुग्यो
काठमाडौं । चीनबाट आज थप ८ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप आइपुगेको छ।
खोप लिएर नेपाल वायुसेवा निगमको विमान ४ बजे त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा अवतरण गरेको हो। स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था शाखाका बडेवाबु थापाका अनुसार हाल खोपलाई विमानस्थलमा रहेको भण्डार कक्षमा स्टोर गरिएको छ ।
हिजो मात्रै आएको ८ लाख खोप प्रदेश पठाइसकिएको समेत थापाले बताए । उनका अनुसार प्रदेश एकमा ३ लाख ३९ हजार डोज, प्रदेश २ मा २ लाख ७३ हजार , कर्णाली प्रदेशमा ८६ हजार ७ सय डोज खोप पठाइएको उनले बताए । यस्तै आज आएको खोप पनि गण्डकी प्रदेश, ३ नम्बर प्रदेशको हेटौँडा , लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पठाउने तयारी भइरहेको उनले बताए ।
सरकारले गत महिना चिनिया कम्पनी सिनोफार्मसँग ४० लाख डोज भेरोसेल खरिद गरेको थियो। सोही खोपको दोस्रो खेप आज आएको हो। यसअघि पहिलो खेप गत २५ असार २५ गते ८ लाख डोज ल्याइएको थियो। सरकारले पछिल्लो समय कोरोना विरुद्धको खोप अभियान चलाएको छ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस