• जीवनशैली | Jiwanshaili
  • केही अमेरिकी नागरिक र संस्थामाथि चीनले प्रतिबन्ध लगाउने


    एजेन्सी । चीनले केही अमेरिकी नागरिक र संस्थामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

    प्रतिबन्धको सूचीमा पूर्व अमेरिकी वाणिज्यमन्त्री विल्बर रस पनि रहेका छन् । पूर्वमन्त्री रससहित अमेरिकाका सात नागरिक र निकायमाथि प्रतिबन्ध लगाइने चीनले जानकारी दिएको छ । अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्कनु केही दिनअघि बेइजिङले अमेरिकी नागरिक र संस्थामाथि प्रतिबन्धको निर्णय सार्वजनिक गरेको हो ।

    हङकङमा गरिएको सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले यसअघि हङकङमा रहेको चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो । जवाफमा चीनले पनि प्रतिबन्धको निर्णय गरेको बीबीसीले जनाएको छ । चीनको प्रतिबन्धमा पर्नेमा ह्युमन राइट्स वाचकी चीन निर्देशक सोफी रबिन्सन, यूएस–चाइना इकोनोमिक एण्ड सेक्युरिटी रिभ्यु कमिसनका अध्यक्ष क्यारोलिन बार्थलमीउ र इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युटका एडम किङ पनि रहेका छन् ।

    ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले चीनले बदलामा चालेको कदमले अमेरिका विचलित नहुने टिप्पणी गर्नुभएको छ । बिग्रँदो सम्बन्धलाई सम्बोधन गर्ने उपायबारे छलफल गर्न उपविदेश मन्त्री सेरमन चीन जान लागेका हुन् ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस