लक्ष्यभन्दा बढी राजस्व
आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले गत आर्थिक वर्ष २०७७/७८ मा रु पाँच अर्ब ५२ करोड ८२ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले अघिल्लो आव २०७६/७७ को तुलनामा गत आवमा बढी राजस्व सङ्कलनसमेत गरेको बताइएको छ । आव २०७६/७७ मा रु चार अर्ब ७८ करोड ७३ लाख ४० हजार राजस्व सङ्कलन भएको थियो ।
कार्यालयले लक्ष्यको तुलनामा बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख शालिकराम आर्चायले जानकारी दिए । कार्यालयले गत आव २०७७/७८ मा रु पाँच अर्ब ३९ करोड ९४ लाख ७३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकोमा त्योभन्दा बढी रु पाँच अर्ब ५२ करोड ८२ लाख ४८ राजस्व सङ्कलन भएको उgले बताउनुभयो । कोरोना प्रभावले सबै क्षेत्र समस्यामा हुँदा पनि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएकोले कार्य सन्तोषजनक रहेको प्रमुख आचार्यले बताए।
आव २०७७/७८ को साउनदेखि असार मसान्तसम्ममा आयकरतर्फ रु ९५ करोड ९१ लाख ३८ हजार लक्ष्य रहेकोमा रु एक अर्ब नौ करोड ५२ लाख ८३ हजार, बहाल करतर्फ रु तीन करोड १९ लाख ६३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु दुई करोड ६१ लाख १८ हजार तथा ब्याजकरतर्फ रु दुई करोड ६१ लाख १८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु चार करोड सात हजार सङ्कलन भएको थियो । मूल्य अभिवृद्धिकरतर्फ रु ९१ करोड ५४ लाख ७९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु एक अर्ब ३२ करोड ३० लाख ७५ हजार सङ्कलन भएको बताइएको छ । यसैगरी अन्तः शुल्कतर्फ रु तीन अर्ब १४ करोड ५४ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु दुई अर्ब ८६ करोड ९० लाख २१ हजार सङ्कलन भएको थियो । .
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस