गुह्येश्वरमुनिको वाग्मती किनारमा ४२८ औँ हप्ताको सफाइ
वाग्मती सफाइ महाअभियानको ४२८औँ हप्तामा गुह्येश्वरीमुनिको नदी किनारमा सफाइसँगै वृक्षरोपण गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलको नेतृत्वमा भएको कार्यक्रममा अधिकार सम्पन्न वाग्मतीका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत कर्मचारी, काठमाडौँ महानगरपालिका– ११ का अध्यक्ष हीरालाल तण्डुकार, अभियानकर्मी दुर्गा रावललगायतको सक्रियता थियो ।
सफाइपछि अधिकार सम्पन्न वाग्मतीको कार्यालय परिसरमा साउन महिनाको अवसर पारेर ५० रुद्राक्षका बिरुवा पनि रोपिएको छ । यसैगरी अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा शङ्खमूल क्षेत्रको नदी किनारमा पनि सफाइ गरिएको छ ।
विष्णुमती सफाइको ३६१औँ हप्तामा टोखा नगरपालिका– ९ मनमैँजु पुलबाट दक्षिणतर्फको भागमा नदीको पर्खालसँगैको भागमा लगाइएका बिरुवाको गोडमेल गरिएको छ । सो अवसरमा सडक पेटीमा सफाइसमेत गरिएको संयोजक शोभाकान्त पाण्डेले जानकारी दिनुभयो । सफाइमा अभियानकर्मी एवं स्थानीयवासीको उल्लेख्य सहभागिता थियो ।
यसैगरी वाग्मती गुह्येश्वरीमाथिको भाग, रुद्रमती, विष्णुमतीको माथिल्लो भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथका उत्तर र पश्चिमी भेगमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार जारी छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस