न्यायिक समितिमा मुद्दा बढे
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाका उपप्रमुखको नेतृत्वमा रहेको न्यायिक समितिबाट मुद्दा किनारा लगाउन थालेको छ ।
समितिले आर्थिक वर्ष २०७७–७८ मा १२२ मध्ये ८६ वटा मुद्दा फछ्र्योट गरेको छ । न्यायका लागि स्थानीय तहसम्म आइपुग्ने गरेका अधिकांश मुद्दा न्यायिक समतिले नै टुंग्याउने तयारी गरेको न्यायिक समितिका संयोजक एंव उपप्रमुख ओमकुमारी महतो बताए ।
उनका अनुसार समितिमा गालीबेइज्जती, चौपाया तथा हराएको सामान पाएको, सम्बन्धविच्छेद, कुलो, पानी पधेँरो, साँध, आली धुर, लेनदेनजस्ता मुद्दा परेका छन् । आर्थिक वर्ष २०७६÷७७ मा ३५ वटा मुद्दा परेकोमा गत आर्थिक वर्षमा १२२ मुद्दा दर्ता भएको समितिले जनाएको छ ।
“गत आर्थिक वर्षमा दर्ता भएको १२२ मुद्दामध्ये ८६ वटा फछ्र्योट भइसकेको र बाँकी ३६ वटा मुद्दा फछ्र्योट गर्ने प्रक्रियामा रहेको छ”, संयोजक महतोले भन्नुभयो, “अधिकांश मुद्दा सहमतिबाट नै किनारा लगाइएको छ ।” प्रक्रियामा आएका जटिल तथा कार्यक्षेत्रभन्दा बाहिरका मुद्दा मात्रै माथिल्लो न्यायिक तहमा पठाउने गरेको उनको भनाइ छ ।
समितिमा उजुरी परेका विषयमा वडास्तरमा नै मेलमिलाप गर्न पहल गर्ने उल्लेख गर्दै उनले वडामा मेलमिलाप हुन नसकेको अवस्थामा मात्रै समितिले ती मुद्दाको विषयमा छिनोफानो गर्ने गरेको बताए । समितिमा आउने अधिकांश मुद्दामा दुवै पक्षलाई जीतको अनुभूति हुने गरी मेलमिलाप गराइने भएकाले मुद्दाको चाप बढ्न थालेको उनको भनाइ छ ।
न्यायिक समिति सञ्चालनमा आएपछि न्यायमा सामान्य नागरिकको पहुँचमा वृद्धि भएको बताउँदै उनले स्थानीय नागरिकको न्यायमा पहुँच पु¥याउने उद्देश्यका साथ न्यायिक समितिले काम गर्दै आएको छ भने । विभिन्न समस्याका बीच न्यायमा जनताको विश्वास कायम राख्न सक्नु नै महत्वपूर्ण उपलब्धी भएको उहाँको भनाइ छ । समितिमा मुद्दा आएलगत्तै तत्काल त्यसको निराकरणमा आफ्नो नेतृत्वमा मेलमिलापकर्तालाई सक्रिय बनाइ न्यायमा प्रतिकूल पार्ने खालका कुनै पनि काम हुनबाट रोक्ने गरेको प्रमुख महतोले बताए ।
समितिमा आउने मुद्दामध्ये श्रीमान्–श्रीमतीबीचको विवाद, पारिवारिक झैझगडा तथा साँध सीमानासम्बन्धी विवाद बढी हुने गरेका बताउँदै उनले गत आर्थिक वर्षमा श्रीमान्–श्रीमतीबीचको विवादका ३९ मुद्दा परेको जानकारी दिनुभयो ।
तीमध्ये ३१ मुद्दामा दुवै पक्षलाई एकै ठाउँमा राखेर मेलमिलाप गराएको र बाँकी आठ मुद्दा प्रक्रियामा रहेको नगरपालिकाकी मेलमिलाप सहजकर्ता सरिता केसीले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस