पहिराले ट्याङ्की बगाउँदा खानेपानीको हाहाकार
तनहुँको व्यास नगरपालिका–१४ मा रहेको डुम्रेबेँसी कुलुङ खानेपानी आयोजनाको ट्याङ्की पहिराले क्षति हुँदा गाउँमा खानेपानी अभाव भएको छ । गत असार १७ गते गएको पहिराले ट्याङ्कीमा क्षति पुगेपछि गाउँमा खानेपानीको अभाव भएको हो ।
पहिराले खानेपानीको ट्याङ्की बगाउनुका साथै अन्य संरचनामा क्षति पुगेको छ । उक्त गाउँमा २० दिनदेखि खानेपानी हाहाकार भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष तरबहादुर थापाले जानकारी दिए ।
विसं २०७१ मा नेपाल सरकारको रु ६८ लाखको लगानी र जनश्रमदानबाट खानेपानी आयोजना निर्माण गरिएको थियो । पहिराले ट्याङ्कीको लिफ्टिङमा आवश्यक पर्ने उपकरण र विद्युतीय सामग्री, पानी जम्मा गर्ने इन्टेक, फिल्टर सिस्टम, पानी लिफ्टिङ गर्नका लागि प्रयोग भएको विद्युतीय पोलसमेत बगाएको छ । “पानीको हाहाकार भएपछि स्थानीयवासी कुवाको पानी प्रयोग गर्न बाध्य भएका छन्”, उनले भने, “जसकारण यहाँका स्थानीयवासीको दैनिकीमा पनि परिवर्तन आएको छ ।”
उक्त खानेपानी योजनाबाट ७० घरधुरीले पानी प्रयोग गर्दै आएका छन् । उनका अनुसार खानेपानीका समस्या भएपछि कुवामा पानी लिन जानुपर्छ, यसले गर्दा खानेपानीको जोहो गर्दैमा दिन बित्ने गरेको छ ।
व्यास नगरपालिका–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले खानेपानी मर्मतका लागि पहल थालिएको जानकारी दिए । “खानेपानी योजनामा पहिराका कारण ठूलो क्षति भएको छ, जनतालाई खानेपानीको व्यवस्था गर्नका लागि तत्काल वडा कार्यालयबाट रु दुई लाख ५० हजार र व्यास नगरपालिकाबाट रु पाँच लाख विनियोजन भइसकेको छ”, श्रेष्ठले भने ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस