जडीबुटी र फलफूलका बिरुवा वितरण गरिँदै
नारायणगढ / डिभिजन वन कार्यालय चितवनले जडीबुटी र फलफूलका बिरुवा वितरण गरिरहेको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा जडीबुटी, फलफूल र अन्य बिरुवा गरी डेढ लाख बिरुवा वितरण भइसकेको छ । उनले डिभिजन वन कार्यालयले चालु आवमा दुई लाख पाँच हजार बिरुवा उत्पादन गरेको बताए ।
उनले भने, “फलफूल र केही जडीबुटीका बिरुवा खरीद गरेर ल्याई वितरण गरेका हौँ, अन्य बिरुवा डिभिजन वन कार्यालयले नै उत्पादन गरेको छ ।” उनले डिभिजन वन कार्यालयमै एक लाख ७५ हजार बिरुवा र ३० हजार बिरुवा खैरहनी सबडिभिजन वन कार्यालयमा उत्पादन गरिएको जानकारी ।
सूचना अधिकारी खनालले भने, “कबुलियती वन, सामुदायिक वन र अन्य निजी सङ्घसंस्थालाई बिरुवा वितरण गरेका छौँ ।” उनले बिरुवा वितरण कार्य अन्तिम चरणमा पुगेको बताए । जिल्लामा ४३१ कबुलियती वन र ९३ सामुदायिक वन छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस