गत आर्थिक वर्षमा नेपालमा तीन सय ८६ वटा उद्योग दर्ता
काठमाडौं । गएको आर्थिक वर्षमा नेपालमा तीन सय ८६ वटा उद्योग दर्ता भएका छन् ।
स्वदेशी र विदेशी गरी एक खर्ब ८८ अर्ब रुपैयाँ लगानीका तीन सय ८६ वटा उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । यसमध्ये एक खर्ब ५६ अर्ब रुपैयाँ स्वदेशी लगानीका दुई सय तीन वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङ्कअनुसार ११ हजार आठ सय ८३ जनालाई रोजगारी दिने गरी एक खर्ब ५६ अर्ब रुपैयाँको स्वदेशी लगानीका साना, मझौला र ठूला उद्योग दर्ता भएका हुन् ।
यस्तै गएको वर्ष ३२ अर्ब दुई करोड रुपैयाँको विदेशी लगानी स्वीकृत भएको छ । एक सय ८३ वटा उद्योगका लागि ३२ अर्ब रुपैयाँभन्दा धेरैको वैदेशिक लगानी स्वीकृत भएको हो । वैदेशिक लगानीबाट एक सय ७१ साना उद्योग, ६ वटा मझौला र ६ वटा ठूला उद्योग दर्ता भएको विभागले जनाएको छ । विदेशी लगानी स्वीकृत गर्दा पाँच हजार आठ सय ३३ जनालाई रोजगारी मिल्ने उद्योग विभागले जनाएको छ ।
समग्रमा गएको वर्ष स्वदेशी र विदेशी लगानीमा दर्ता भएका उद्योगबाट १७ हजार सात सय १६ जनाले रोजगारी पाउनेछन् । आर्थिक वर्ष २०७६ ०७७ को तुलनामा गएको वर्ष ७४ वटा स्वदेशी उद्योग र ३८ वटा विदेशी लगानीका उद्योग दर्तामा कमी देखिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस