• जीवनशैली | Jiwanshaili
  • लगातारको वर्षाले विद्यालय भवनमा क्षति


    यही साउन ६ गतेदेखिको अविरल वर्षाका कारण जिल्लाको चंखेली गाउँपालिकामा रहेको विद्यालयमा क्षति पुगेको छ । चंखेली–४ को तल्लोपालिमा रहेको गणेश आधारभूत विद्यालय भवन वर्षाले भत्काएको हो ।

    माथिबाट खसेको ढुङ्गाले विद्यालयको कक्षा १ र सामग्रीमा पनि क्षति पुगेको ऐडीले बताए । क्षति पुगेको विद्यालय भवन मर्मतको लागि चंखेली गाउँपालिकालाई अनुरोध गरिएको प्रधानध्यापक ऐडीले बताए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस