• जीवनशैली | Jiwanshaili
  • थप २२ सय ३७ जनामा कोरोना संक्रमण पुष्टी, १८ जनाको मृत्यु


    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २२ सय ३७ जना कोरोना संक्रमित थपिएका छन्।

    यो अवधिमा १३ हजार ८ सय ३४ जनामा गरिएको परीक्षण गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाभित्र दुई हजार ५० जना कोरोनामुक्त भएका छन् ।

    कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय १३ जना पुगेको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकाभित्र ६ सय २४ जनामा संक्रमण पुष्टि भएको छ।

    जसमध्ये काठमाडौंमा चार सय ६८,भक्तपुरमा ६७ र ललितपुरका ८९ जना रहेका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस