• जीवनशैली | Jiwanshaili
  • यस्तो छ आजको मौसम


    देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

    हाल मौसमको अवस्था देशभर सामान्य देखि पूर्ण बदलीको अवस्था छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

    दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली  रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

     राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस