• जीवनशैली | Jiwanshaili
  • अबको ५ महिनामा दुई लाख कोरोना संक्रमित थपिने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण


    काठमाडौं । अबको ५ महिनामा देशभर करिब दुई लाख कोरोना संक्रमित थपिने आँकलन स्वास्थ्य मन्त्रालयले गरेको छ।

    सोमबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुख डा। गुणराज लोहनीले अबको ५ महिनामा १ लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने मन्त्रालयको अनुमान रहेको जनाए। डा.लोहनीले ठूलो मात्रामा खोपको सुनिश्चितता भएकाले अब खोपको अभाव नहुने पनि दाबी गरे।

    उनका अनुसार आगामी असोज मसान्तभित्र थप १ करोड ५ लाख ४८ हजार डोज कोभिड–१९ विरुद्धको खोप आउने निश्चित भएको छ। कोभ्याक्सअन्तर्गत जापानबाट एस्ट्राजेनिकाको १६ लाख डोज भदौ पहिलो साता र कोभ्याक्स अन्तर्गतकै थप ३ लाख ४८ हजार डोज भदौ चौथो साता आइपुग्ने उनले जनाए।

    यस्तै, वैदेशिक अनुदानबाट साउन अन्तिम साता १६ लाख आउने, खरिद प्रक्रियाबाट भारतमा खरिद गरेको कोभिसिल्ड १० लाख डोज भदौ दोस्रो साता आइपुग्ने र भेरोसेल भदौ मसान्तसम्म थप ६० लाख आउने उनले जानकारी दिए।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस