चीनमा पुनः भेटिए कोरोनाका सङ्क्रमित
कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको छ । ती सङ्क्रमितहरु चीन भित्रैबाट सङ्क्रमणमा परेका पाइएको बताइएको छ ।
चीनको जाङ्सु र लियानिङमा ती सङ्क्रमित पाइएको बताइएको छ । ती क्षेत्रहरुमा विगतका केही दिनदेखि निरन्तर रुपमा नयाँ नयाँ सङ्क्रमितहरु देखिने गरेका छन् ।चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । आइतबार मात्र चीनमा कोरोना भाइरसका यी सङ्क्रमित भित्रैबाट देखिएका र अरु ३६ जना बाहिरबाट आएका नागरिकमा पाइएको छ ।
चीनको युनान प्रान्तमा देखिएका ती ३६ जना बाहिरबाट आएका नागरिक रहेका चिनियाँ अधिकारीहरुले जनाएका छन् ।स्थानीय नागरिकमै सङ्क्रमण देखिएपछि नेशनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ ।
चीनले कोरोना निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । यहाँ पछिल्ला हप्ताहरुमा हेलिङजाङ, हेइबेइ, संघाइमा पनि सङ्क्रमित देखिएका छन् ।
त्यसैले चीनले विशेषगरी ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि नजर राख्न थालेको छ र उनीहरुको पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको जनाएको छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस