पाँचखालका सुमन बेपत्ता
पाँचखाल नगरपालिका–६ का ३६ वर्षीय सुमन ढुङ्गाना १३ दिनदेखि बेपत्ता हुनुभएको छ । गत असार ३१ गतेदेखि सम्पर्कविहीन भएपछि खोजी तीव्र पारिएको परिवारले जनाएको छ । सुमनकी पत्नी सम्झनाले घरमा कसैलाई नभनी सम्पर्कविहीन भएको जनाउँदै खोजबिन गरिदिन पाँचखाल प्रहरी चौकीमा निवेदन दिएका छन् । पाँच फिट उचाइका सुमन गहुँगोरो वर्ण र पातलो जीउडाल रहेको निवेदनमा उल्लेख गरिएको छ । “सबै आफन्तको घरमा नभएको जानकारी पाएपछि साउन ३ गते प्रहरीमा निवेदन दिएको छु”, सम्झनाले भने ।
खेती–किसानी गर्दै आएका सुमन हराएको दिन दिउँसो काभ्रेपलाञ्चोकको बनेपाबाट ‘पोखरा जागिर खान जान्छु’ भनेर काठमाडौँको गाडी चढेको र सोही गाडीका सहचालकलाई आफ्नो मोबाइल दिएकोसम्म पत्ता लागेको दाजु भुवनले बताए । उनले पनि भाइ सुमनको खोजीमा सहयोग गरिदिन सरोकारवाला निकायमा अपिल गरेका छन् । निरक्षर सुमनकी पत्नी, एक छोरा र एक छोरी छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस