इजरायलमा रोजगारीमा जान इच्छुक नेपाली कामदारका लागि आवेदन खुला
काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीमा जान इच्छुक नेपाली कामदारका लागि आवेदन खुलाएको छ ।
इजरायलले जिटुजी मोडलबाट एक हजार जना श्रमिक नेपालबाट लैजाने भएपछि विभागले आवेदन खुला गरेको हो । आवेदन दिन २१ दिनको म्याद दिइएको छ । विभागले एक हजार जनाका लागि मङ्गलवार आवेदन खुलाएको हो ।
२५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको, १० कक्षा उत्तीर्ण तथा केयरगिभिङ्ग तालिम प्राप्तले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । यसरी जाने कामदारको मासिक तलब करिब एक हजार ६०० अमेरिकी डलर अर्थात झण्डै २ लाख रुपैयाँ रहेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ जारी गरिसकेको छ । सरकारसँग सरकार जीटूजीमार्फत कामदार पठाउन गएको असोज १४ गते सरकारले इजरायलसँग सम्झौता गरेको थियो ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस