• जीवनशैली | Jiwanshaili
  • थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु


    काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    विभिन्न प्रयोगशालामा १७ हजार ५१८ नमूना परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १२ हजार ६ सय ५५ नमूनाको पीसीआर र ४ हजार ८ सय ६३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । जसमध्ये २७ सय २६ जनाको पीसीआरबाट र ११ सय ७३ जनाको एन्टिजेन विधिबाट संक्रमण देखिएको हो।

    यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७५८ पुगेको छ। मंगलबार थप १७ सय ७८ जना संक्रमणमुक्त भएका छन्। निको हुने दर ९४।४ प्रतिशत हो ।

    यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस