• जीवनशैली | Jiwanshaili
  • सत्ताइस किलो गाँजासहित एक पक्राउ


    पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ बाट २७ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

    इलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको नेतृत्वको टोलीले गाउँपालिका–४ भतौडा निवासी वासुदेव माझीलाई लागुऔषध गाँजासहित पक्राउ गरिएको हो । पक्राउ परेका माझीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको पर्साका प्रवक्ता ओमप्रकाश खनालले बताए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस