• जीवनशैली | Jiwanshaili
  • कक्षा १२ का विद्यार्थीलाई कोरोना बिरूद्दको खोप लगाउन सुझाव


    काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ का विद्यार्थीलाई कोरोना बिरूद्दको खोप लगाउन सुझाव दिएको छ ।

    बुधबार कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड बारे भएको छलफलमा समिति सभापति जयकुमारी घर्तीले कक्षा १२ को परीक्षा सहज रूपमा सञ्चालन गर्न खोपका लागि पहल गर्ने उल्लेख गरिन् ।

    यही साउन ३१ देखि कक्षा १२ को परीक्षा सञ्चालन गर्न लागिएको सन्दर्भमा सम्भव भएसम्म विद्यार्थीलाई खोप लगाउन पहल गर्ने र परीक्षा दिन छुटेका विद्यार्थीलाई पुनः परीक्षा दिने ब्यवस्था गर्न निर्देशन दिइन् ।

    उनले छलफलमा सहभागी शिक्षा मन्त्रालयका पदाधिकारीलाई यस्तो निर्देशन दिएकी हुन् ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस