हुम्लामा ३६२ कोरोना सङ्क्रमित
जिल्लामा कोभिड–१९ को सङ्क्रमण तीव्ररुपमा बढ्दै गएको छ । जिल्ला अस्पतालमा उपचार गराइरहेका र गाउँपालिकामा क्वारेन्टिनमा बसेका गरी ३६२ सङ्क्रमित पुगेका छन् ।
जिल्ला अस्पतालमा गत मङ्गलबारमात्र दुई, खार्पुनाथ गाउँपालिकामा एक जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । हालसम्म जिल्ला अस्पतालमा ९५, सर्केगाडमा ६३, सिमीकोटमा नौ, ताजाकोटमा ३६, अदानचुलीमा ३७, खार्पुनाथमा ३६, चखेलीमा ५२ र नाम्खा गाउँपालिका १४ गरी कूल सङ्क्रमित ३६२ पुगेको हो । सङ्क्रमितमध्ये हालसम्म ३०४ जना निको भएर घर फिर्ता भइसकेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस