• जीवनशैली | Jiwanshaili
  • नेपालमा अहिलेसम्म तीन करोड ८७ लाख थान सिम कार्ड जारी


    काठमाडौं । नेपालमा अहिलेसम्म तीन करोड ८७ लाख थान सिम कार्ड जारी भएका छन् ।

    नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार जेठ महिनासम्म कुल तीन करोड ८७ लाख १७ हजार आठ सय थान सिम कार्ड जारी भएका छन् । नेपाल टेलिकमबाट एक करोड ९७ लाख, एनसेलबाट एक करोड ६३ लाख र स्मार्ट सेलबाट २३ लाख ३३ हजार सिम जारी भएका छन् । ल्यान्ड लाइनसहित नेपाल टेलिकमका ग्राहक दुई करोड आठ लाख रहेका छन् ।

    समग्रमा भ्वाइस सेवातर्फ तीन करोड ९५ लाख ५२ हजार सेवाग्राही रहेको र यो कुल जनसङ्ख्याको झन्डै एक सय ३१ प्रतिशत हुने दूरसञ्चार प्राधिकरणले जनाएको छ । यस्तै इन्टरनेटका ग्राहक पनि दुई करोड ७७ लाख पुगेका छन् । यसमध्ये दुई करोड १२ लाख ग्राहक मोबाइल इन्टरनेटका रहेका छन् भने ६४ लाख १९ हजार ग्राहक इन्टरनेट सेवा प्रदायकका आईएसपीका रहेका छन् ।

    मोबाइल इन्टरनेटतर्फ फोर जी सेवाका ग्राहक ७६ लाख ६४ हजार रहेका छन् ।

     


    क्याटेगोरी : प्रविधी शैली, समाचार

    प्रतिक्रिया दिनुहोस