अमेरिकामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
एजेन्सी । अमेरिकाको अलास्कामा आठ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ ।
अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण पूर्वको समुद्री क्षेत्रमा भूकम्प गएको सीएनएनले जनाएको छ । जमिनको सतहदेखि ४६ किलोमिटर गहिराइमा भूकम्प गएको खबरमा उल्लेख छ । भूकम्पपछि दुई वटा ठूला परकम्प पनि आएका छन् । भूकम्पपछि ठूलो सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।
अलास्का, अलास्काको पेनिनसुला र एलेउटिन टापुमा सुनामीको चेतावनी दिइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अलास्काको पश्चिमी तटमा क्षति पुग्न सक्ने आँकलन पनि गरिएको छ । ती क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान भनिएको छ ।
भूकम्पमा अहिलेसम्म कुनै जनधनको क्षतिबारे थाहा भएको छैन । यसअघि अलस्काको तलकीतना पर्वतीय क्षेत्रमा मे ३१ मा ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । अलास्कामा प्रायः भूकम्पको महसुस गरिँदै आएको छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस