• जीवनशैली | Jiwanshaili
  • थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु


    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३ सय ६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २४२ जनाको नमुना परीक्षण गर्दा ३३६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
    यस्तै सोही अवधिमा १६ जनाको मृत्यु भएको छ भने १३७३ जना संक्रमणमुक्त भएका छन् ।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९० हजार ६४२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ५९ हजार ३८० जना पुगेको छ ।

    यस्तै हालसम्म देशभर संक्रमितमध्ये ६ लाख ५० हजार ४४५ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ८०७ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस