कोरोना नियन्त्रण र आर्थिक पुनरुत्थान योजना आयोगको प्राथमिकता
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले कोरोना नियन्त्रण र आर्थिक पुनरुत्थानका लागि आयोगले सक्रियता देखाउने बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाबाट आज सपथ ग्रहण गर्नुहुँदै आयोगका उपाध्यक्ष पौडेलले कोभिड नियन्त्रणका साथै प्राकृतिक प्रकोपका विपद्जन्य घटनामा आयोगले ध्यान दिने बताए । उनले आयोगको गुणस्तर अभिवृद्धिमा अन्तर मन्त्रालयको समन्वय र योजनाको प्रभावकारी कार्यान्वयनमा लागिपर्ने बताए ।
सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री देउवाले पौडेललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । त्यसपछि उपाध्यक्ष पौडेलले आयोगका सदस्यद्वय रामकुमार फुयाँल र दिलबहादुर गुरुङलाई सपथ ग्रहण गराए ।
गत साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेल तथा सदस्यमा फुयाँल र गुरुङलाई नियुक्त गरेको थियो । सपथपछि उपाध्यक्षमा पौडेल तथा सदस्यद्वय फुयाँल र गुरूङले पनि आजै पदभार ग्रहण गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस