• जीवनशैली | Jiwanshaili
  • उखुको बक्यौता रकम भुक्तानी गर्न माग


    पटक पटक भएको सहमतिका वावजुद उखुको बक्यौता रकम भुक्तानी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउन किसानहरु काठमाडौं आएका छन् । उखु उद्योगबाट अझै ४१ करोड रकम पाउन बाँकी रहेको भन्दै सर्लाही र नवलपरासीका किसान काठमाडौं आएका हुन् ।

    २०७० सालदेखिकै रकम पाउन बाँकी रहेको उखु किसान संघर्ष समितिका सचिव हरीश्याम रायले जानकारी दिनुभयो । यो पटक सरकारको ध्यानाकर्षण मात्रै गएर फर्कने र त्यती गर्दा पनि रकम भुक्तानी नभए पुनस् आन्दोलनमा उत्रने रायले बताउनुभयो । अबको आन्दोलनका क्रममा भने खेती गर्दा लागेको ज्यालादेखि पाउनुपर्ने रकमको ब्याज समेत माग गर्ने रायको भनाई छ ।

    समितिले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरी सरकारको ध्यानाकर्षण गराउने तयारी गरेको छ । सम्भव भएसम्म चिनी मिल उद्योगीसँग समेत भेट गरी ध्यानाकर्षण गराउने सचिव रायले बताउनुभयो । किसानलाई सर्लाहीको अन्नपूर्ण सुगर मिलले १२ करोड, महालक्ष्मी सुगरले १२ करोड, इन्दिरा सुगरले ४, श्रीराम र लुम्बिनीले समान ३र३ करोड, बागमती खाँडसरीले ५० लाख तथा सरकारी बक्यौता साढे ६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

    बक्यौता रकम भुक्तानीको माग गर्दै उखु किसानहरू २०७६ साल वैशाख ३१ यता निरन्तर आन्दोलन गरिरहेका छन् । यसअघि भएका आन्दोलनपछि सरकारले बक्यौता रकम तिर्न उद्योगीलाई दबाब दिएपनि पूर्ण रुपमा कार्यान्वयन नहुँदा आफ्नै रकम पाउन पनि किसानले पटक पटक आन्दोलन गर्नुपर्ने बाध्यता छ ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस