• जीवनशैली | Jiwanshaili
  • कर्णालीका होटल व्यवसायीद्वारा राहत माग


    सुर्खेतका होटल व्यवसायीले कर्णाली प्रदेश सरकारसँग राहतको माग गरेका छन् । होटल व्यवसायी सङ्घ सुर्खेतले बिहीबार कर्णाली प्रदेश सरकारलाई आफ्नो मागपत्र बुझाउँदै कोरोनाका कारण थला परेको होटल व्यवसायलाई उकास्न राहत माग गरेका हुन् ।

    कोरोनाकै कारण दुई वर्षदेखि होटल व्यवसाय थला परेकाले आवश्यक नीति तथा कार्यक्रमबाट राहत दिन सरकारसँग अनुरोध गरेको होटल व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष गोरख रावतले जानकारी दिनुभयो । “विगत दुई वर्षदेखि हामी थला परेका छौँ, राज्यले पनि हामीबाट कर लिने बेला लिन्छ, तर अहिले हामी समस्यामा पर्दा केही राहत दिन सक्दैन”, उनले भने ।

    कोरोना महामारीको यस्तो अवस्थामा खोप दिन पनि कञ्जुस्याइँ गरिरहेको भन्दै अध्यक्ष रावतले व्यवसायीलाई खोपको व्यवस्था गर्न सरकारसँग माग गरिएको बताए । उनका अनुसार सुर्खेतमा मात्र एक हजार २५० होटलमा पाँच हजार कर्मचारी रहेका छन् । कर्णालीका होटल व्यवसायी र त्यहाँ काम गर्ने कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्ने मागसमेत गरिएको रावतले जानकारी दिए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस