विद्यालयलाई टेलिस्कोप प्रदान
गायक योगेश्वर अमात्यले छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयलाई टेलिस्कोप प्रदान गर्नुभएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खगोल तथा अन्तरिक्ष विज्ञानमा थप रुचि उजागर गर्न सो सामग्री वितरण गरिएको हो ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले सो विद्यालयका प्रधानाध्यापक रुपा मानन्धरलाई विहीबार सो उपकरण हस्तान्तरण गर्नुभयो । सो अवसरमा अध्यक्ष भट्टराईले विद्यालय प्रशासन एवं विद्यार्थीलाई निरन्तर सहयोग रहने बताए। सामुदायिक विद्यालयलाई विभिन्न दाताको सहयोग जुटाई निःशुल्क टेलिस्कोप दिने अभियानलाई निरन्तरता दिइने सोसाइटीले जनाएको छ ।
क्याटेगोरी : प्रविधी शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस