अग्रज पत्रकार आचार्यको निधन
नेपाल पत्रकार महासङ्घ कास्की शाखाका संस्थापक सदस्य तथा अग्रज पत्रकार तिलक आचार्यको ८२ वर्षको उमेरमा आज निधन भएको छ । विसं १९९५ चैतमा पर्वतको विहादीमा जन्मनुभएका अग्रज पत्रकार आचार्य केही समय अगाडिदेखि मधुमेह, उच्च रक्तचाप र जन्डिस रोगबाट ग्रसित थिए । उनको बिहीबार छोरेपाटनस्थित आफ्नै निवासमा निधन भएको हो । स्व आचार्यका दुई छोरा र दुई छोरी छन्।
अग्रज पत्रकार आचार्य पाँच दशकभन्दा लामो समयसम्म सक्रिय पत्रकारितामा रहिरहे । उनीसहित पोखराका अन्य बुद्धिजीवीसमेत मिलेर ‘नौलो डाँको’ साप्ताहिक सञ्चालन गरेका थिए । उनी तत्कालीन क्षेत्रीय अदालत बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्तासमेत थिए ।
वाम बुद्धिजीवी स्व आचार्य देशमा परिवर्तनका लागि भएका सबै आन्दोलनमा सहभागी रहे । निडर र सधैँ अग्रगमनको पक्षमा लाग्नु हुने अग्रज पत्रकार आचार्यको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अभिभावक गुमाएको छ । उनको आजै सेतीनदीस्थित रामघाटमा अन्तिम दाहसंस्कार गरिएको थियो ।
पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले आज एक शोक विज्ञप्ति प्रकाशित गर्दै यस दुःखद् घडीमा स्व आचार्य प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना एवं शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेकी छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस