‘ताप्लेजुङ १०१ फोटो’ नामक टेवल बुक प्रकाशन
ताप्लेजुङ्को पर्यटन प्रवद्र्धनका लागि प्रचार प्रसार गर्ने उद्देश्यले ‘ताप्लेजुङ १०१ फोटो’ नामक टेवल बुक प्रकाशन गरिएको छ ।
नेपाल पर्यटन बोर्डको सहयोगमा ताप्लेजुङ विकास पत्रकार मञ्चले जिल्लाभित्रका विभिन्न स्थानको अनलाइनमार्फत प्राप्त एक हजारभन्दा बढी फोटोमध्ये उत्कृष्ट छनौटमा परेका १०१ फोटो प्रकाशन गरेको हो ।
फोटोमा जिल्लामा रहेका पर्यटकीयस्थल, बस्ती, गाउँ शहर, प्राकृतिक, सांस्कृतिक धार्मिकस्थल, सम्पदा, वनस्पति, पशुपक्षी, ऐतिहासिक महत्वका स्थल र पौराणिक वस्तु समेटिएको छ ।
ताप्लेजुङ १०१ फोटो सार्वजनिक गर्दै पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले यसले जिल्लाको पहिचानका साथै पर्यटन विकासमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । उहाँले प्राकृतिक सौन्दर्यता, जातीय र सांस्कृतिक विविधतायुक्त जिल्लाको अथाह पर्यटकीय सम्भावनालाई उजार गरी पर्यटक आकर्षण गर्न जरुरी रहेको उल्लेख गरे ।
कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले ताप्लेजुङको समग्र पर्यटन विकासका लागि प्रचारप्रसार गरिनुपर्ने खाँचो औंल्याए। छनौट भएका फोटोमध्ये सर्वोत्कृष्ट फोटोलाई नगद रु २५ हजार प्रदान गरिने मञ्चका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस