सञ्चार संस्थालाई निःशुल्क विद्युत् उपलब्ध गराउने तयारीमा छौँ’
प्रदेशभित्र सञ्चालित सबै सञ्चार संस्थालाई निःशुल्क बिजुली उपलब्ध गराउने योजनामा प्रदेश नं २ सरकार लागेको ऊर्जा तथा खानेपानी विकासमन्त्री ओमप्रकाश शर्माले जानकारी दिनुभएको छ ।
नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशभित्र सञ्चालित सञ्चार संस्थालाई आर्थिक रुपमा बलियो बनाए लोकतन्त्र बलियो हुनाका साथै भ्रष्टाचार नियन्त्रणमा मद्दत पुग्ने भएकाले सञ्चार संस्थालाई सौर्य ऊर्जामार्फत निःशुल्क विद्युत् आपूर्ति गर्ने योजनामा प्रदेश सरकार लागेको जानकारी दिए ।
उनले प्रदेशमा सञ्चालित रहेका रेडियो, टेलिभिजन, पत्रपत्रिकालगायत कार्यालयमा प्राप्त हुने विद्युत्को रकम मात्र जोगाउन सकिए सञ्चार संस्थालाई ठूलो आर्थिक सहयोग हुने भएकाले सञ्चारकर्मी र सञ्चार गृहको विकासका लागि योजना ल्याउने तयारीमा लागेको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस