‘व्यवसाय सञ्चालनको विकल्प छैन’
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ९जीवन०ले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्दै व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन् ।
फेवा पर्यटन विकास समिति पोखरा–१८ द्वारा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले विगत दुई वर्षदेखि कोरोनाको प्रभाव नेपालसहित विश्वव्यापी रहेको उल्लेख गर्दै व्यवसाय सञ्चालन गर्ने विषयमा अब ढिला गर्न नहुने बताए।
कोरोनाको प्रभाव अझै कति रहन्छ भन्ने अन्योल रहेको बताउँदै उहाँले प्रभाव लामो समय रहँदा हाम्रो अर्थतन्त्र नराम्रोसँग प्रभावित हुने भएकाले मापदण्ड पालना गर्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्छ भन्ने पक्षमा आफू रहेको स्पष्ट पारे ।
मानिस अब कोरोनाका अतिरिक्त भोक तथा ऋणले थप प्रभावित हुनसक्ने बताउँदै उनले कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई पुनःउत्थानका लागि कोरोनाविरुद्धको खोपको व्यवस्थापन सङ्घीय सरकारले छिटो गर्नुपर्ने आवश्यकता औँल्याए ।
पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापाले पोखरामा आउने अधिकांश पर्यटक यस क्षेत्रको भ्रमणमा आउने भए पनि राज्य पक्षबाट पर्याप्त मात्रामा लगानी हुन नसकेको गुनासो गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस