• जीवनशैली | Jiwanshaili
  • बाढीपीडित सरोकार समिति गठन


    स्थानीय, प्रदेश र केन्द्र सरकारले बेवास्ता गरेको भन्दै हेलम्बुका बाढी प्रभावितले संघर्ष समिति गठन गरेका छन् । उनीहरुले आज भरत थापको अध्यक्षतामा ३५ सदस्यीय हेलम्बु–मेलम्चीखोला बाढीपिडीत सरोकार समिति गठन गरेका हुन् ।

    गठित समितिमा मिङ्मार शेर्पा उपाध्यक्ष, अर्जुन भण्डारी सचिव रहनुभएको छ । बाढी गएको ४५ दिन भइसक्दा पनि स्थानीय, प्रदेश र केन्द्र कुनै पनि सरकारले प्रभावितको समस्या सुनुवाइ नगरेको उनीहरुको गुनासो छ ।

    सो अवसरमा अध्यक्ष थापाले आवश्यक पर्दा समितिले तिनै तहका सरकारसँग समन्वय र संघर्ष गर्ने जानकारी दिए । बाढी प्रभावितलाई उद्धार तथा पुनःस्थापित गर्दै क्षति भएका पुनःसंरचनालाई उठाउनका लागि सहयोग पु¥याउन सर्वदलीय, सर्वपक्षीय समिति गठन गरिएको थापाको भनाइ छ । असार १ को बाढीमा हेलम्बुका ९० घर पूर्ण रुपमा क्षति भएको छ भने सयौँ विस्थापित भएका छन् ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस