दक्षिण कोरियाको निर्यात जुलाईमा ५५ अर्ब ४४ करोड डलर
कोभिड–१९ महामारीका कारण विश्वभर कमजोर बनेको अर्थतन्त्रका कारण प्रभाबित बनेको दक्षिण कोरियाली निर्यात दरमा जुलाईमा पुन: सुधार देखिएको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।
खोपका कारण कोभिड–१९ सङ्क्रमण दरमा कमी आएपछि वस्तुका लागि विश्वव्यापी मागमा पनि सुधार देखिएको छ ।
दक्षिण कोरियाको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयका अनुसार कोरियाको समग्र सामानको निर्यात दरमा वृद्धि भई अघिल्लो बर्षभन्दा २९.६ प्रतिशतले बढेर जुलाईमा ५५.४४ अरब अमेरिकी डलर कायम भएको छ । सन् १९५६ मा तथ्याङ्क सङ्कलन हुन थालेदेखि यता यो नै सबैभन्दा धेरै निर्यात भएको सरकारी अधिकारीले बताएका छन् । यस पहिले सेप्टेम्बर २०१७ मा दक्षिण कोरियाको निर्यात दरमा ५५.१२ अर्ब अमेरिकी डलर बराबरको वृद्धि भएको थियो ।
जुलाईमा आयात ३८.२ प्रतिशतले बढेर ५३.६७ अरब अमेरिकी डलर पुगेको तथ्याङ्कले देखाएको छ । यसले गर्दा दक्षिण कोरियाको व्यापार बचत १.७७ अर्ब अमेरिकी डलर पुगेको छ । व्यापार सन्तुलनको अवस्थामा निरन्तर १५ महिनासम्म चिन्ताजनक रहेको थियो । दक्षिण कोरियामा लगातार चौथो महिना निर्यात दरमा २० प्रतिशतभन्दा बढी ले वृद्धि भएको छ भने गत वर्षको नोभेम्बरदेखि नौ महिनासम्म वृद्धिमा निरन्तरता कायम छ ।
यस वर्षको पहिलो सात महिनामा निर्यात ३५८.७ अर्ब अमेरिकी डलर बराबरको नयाँ उचाइमा पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २६.६ प्रतिशतको वृद्धि हो ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस